चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई भोलिदेखि चिनियाँ कम्पनीको कोरोना खोप लगाइने४० वर्षमाथिका सर्वसधारणले पनि पाउने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० चैत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको काेभिड खाेप भेराेसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको छ।

यस्तै मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्ने छन्।

उनले भोलीदेखि नै उनीहरुलाई खोप लगाउने काम सुरु हुने बताए।

उनले  चैत २९  गतेसम्म ३१ हजार व्यक्तिले भेराेसेल खाेप लगाएकाे जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *