लाखौँका सरकारी भवन जीर्णः वडा कार्यालय भाडामा

अर्थ/वाणिज्य समाचार

दैलेख, २२ वैैशाख


दैलेखकोे ठाटीकाँध गाउँपालिका–१ र ५ मा रहेका पुराना गाविस /सरकारी भवन जीर्ण अबस्थामा रहेका छन् । शान्ती तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगबाट निर्माण गरिएका गाविस भवन गाई बाँध्ने गोठ भएका छन् ।
तत्कालिन द्धन्द्धका वेला ध्वस्त गरिएका साविकका तोलीजैसी, ,लालीकाँडा,खरिगैरा,तिलेपाटा,गमौडी,कट्टी, र लकान्द्र गरि ७ वटा गाविस शान्ती मन्त्रालयको आर्थिक वर्ष ०६६/०६७ र ०६७/०६८ मा भवन निर्माणका लागी १ करोड ४० लाख बजेट लगानी गरिएको जिल्ला प्राविधिक कार्यालय दैलेखले जनाएको छ । आर्थिक वर्ष ०६८/०६९ पुस महिनामा भवन निर्माणको काम पुरा नहुदै काम सकिएको भनी झुठो प्रतिवेदन पेश गरि ठेकेदारले रकम भुक्तानी लिएका थिए ।
स्थानीय तह स्थापना भएसँगै “लाखौँ बजेटमा निर्माण भएका यी भवन जीर्र्ण हुँदै गएका छन् ।” ठाटीकाँध गाउँपालिका वडा–१ले १बर्ष देखि स्थानीय व्यापारीको घरमा मासिक रु ४८ सय र बार्षिक ५७ हजार ६सय रुपैँया भाडा तिरेर सञ्चालनमा छ । यस्तै वडा–५ले विद्यालयको भवनमा कार्य सञ्चालन गर्दै आएको छ । मासिक–८हजारका दरमा बार्षिक ९६हजार रुपैँया खर्चिदै आएको छ ।
गाविस भवनहरुमा काम गरेका मजदुरहरुले पारिश्रमिक हाल सम्म पाएका छैनन् । साविकको तोलिजैसी गाविस हाल दुई वटा वडामा विभाजीत भएको छ । बिचमा खोला पर्ने भएकोले दुई तिरको बिच भाग पर्ने स्थानमा रहेको उक्त भवनमा हाल‘व्रोईलर’ कुखुरा पालन भईरहेकको छ । गाविस भवनका जग्गादाता ईन्द्र कठायतले तिन महिनादेखि उक्त व्यवसाय सञ्चालन गरेका छन् ।
‘आफुले वडा कार्यालयबाट स्वीकृत ल्यायर मासिक १हजारका दरले गाउँपालिकालाई कर तिरीरहेको उनको भनाई छ ।’ उतिवेलाका गाविस अध्यक्ष हाल कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही हुँन् । गाविस भवन नजिकै रहेकोे महिला विकासको भवन पनि जीर्ण छ ।
वडा–१मारहेको गाविस भवन साविकको लकान्द्र गाविसको भैरवस्थानमा रहेको छ । उक्त भवन निर्माण भएदेखिनै राम्रो सँग प्रयोग नभएको पाईन्छ । विकट गाउँका पक्की भवनहरु प्रयोग विहीन र सरकारी पैँसा खर्चिदै भाडामा बस्न उपयुक्त नहुँने स्थानीयको भनाई छ । हाल उक्त भवन गाईगोरु बाँध्ने गोठ जस्तै छ । आउँदो दशैँ भन्दा पछि वडा कार्यालय गाविस भवनमा बस्ने वडा नंं.–१का वडा अध्यक्ष नर्तम बहादुर बुुढाले बताए । सडक सञ्जाल जोडिएसँगै वडा कार्र्यालय सोही भवनमा बस्ने छ,’उनले भने । वडा–३को वडा कार्यालय साविकको विशाला गाविस भवनमा सञ्चालन हुँदै आएको छ ।
जिल्लाभर रहेका साविकका गाविस भवनहरु केहि प्रयोग अबस्थामा रहेका छन् भने धेरै जीर्ण अबस्थामा रहेको पाईन्छ । स्थानीय सरकारले भने हालसम्म पनि साविकका गाविस भवनबारे चासो देखाएको छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *