पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

अर्थ/वाणिज्य कला/साहित्य समाचार

काठमाडौँ, ९ फागुन


यही फागुन १७ गते पाँचौ संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो ।

सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराए ।

व्यवसायीरुपमा गरिएको कृषि उत्पादन, बाँसबाट निर्माण गरिएको सामग्री, विभिन्न प्रकारका अचार, व्यावसायिक मह फार्मबाट उत्पादन गरिएका मह प्रदर्शनीमा राखिनेछ । उद्यमी महिलाको मिहेनत, सङ्घर्ष तथा सफलताको कथासमेत सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको मुख्य उद्देश्य महिला उद्यमीले भोग्नुपरेको समस्या, प्राप्त गरिएको उपलब्धि, प्रस्तुत गरी उनीहरुको सीप तथा क्षमता अधिवृद्धिमा सघाउ पु¥याउनु रहेको अध्यक्ष माथेमाले भने । कार्यक्रमको सहयोगी संस्थाको रुपमा लक्ष्मी बैंक रहेकाले उक्त दिन बैंकले उद्यमी महिलालाई थप ऊर्जा प्रदान होस् भनी कर्जा योजना पनि उपलब्ध गराइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *