पर्यटन प्रवद्र्धनका लागि ईटहरीमा फुड फेस्टिवल शुरु

सुनसरी, २४ माघ प्रदेश नम्बर १ को पर्यटन प्रवद्र्धनका लागि सुनसरीको ईटहरीमा बिहीवारदेखि ९ दिने फुडफेस्टिबल शुरु भएको छ । ईटहरी स्थित जनता माविको खेल मैदानमा शुरु भएको फेस्टिवलको प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले उदघाटन गरेका छन् । फेस्टिवलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्वर १ को समृद्धि र विकासमा पर्यटनको मुख्य […]

Continue Reading

इँटाभट्टा व्यवस्थित गर्न चाँंगुनारायण नगरपालिका चिन्तित

काठमाडौं, २४ माघ इँटाभट्टा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । चाँंगुनारायण नगरपालिका भक्तपुरले आयोजना गरेको छलफल कार्यक्रममा इँटाभट्टालाई धुँवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीसँंग अनुरोध गरेको छ । भक्तपुर इँटा उद्योग व्यवसायी संघ र चाँगुनारायण नगरपालिकाबीच भएको सौहार्दपूर्ण अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इँटाभट्टालाई धुँवाधुलो न्यूनीकरण गरी व्यवस्थित […]

Continue Reading

गिरीका दुई समालोचना पुस्तक प्रकाशित

काठमाडौँ, २४ माघ         कवि तथा समालोचक डा. अमर गिरीले ‘कवितामा वर्गद्वन्द्व’ र ‘साहित्य विमर्श’ नामक समालोचना विधाका दुई पुस्तक एक साथ प्रकाशनमा ल्याएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा चार वर्ष काव्य विभागको नेतृत्व सम्हालेका गिरीको ‘कवितामा वर्गद्वन्द्व’ पुस्तकमा वर्गद्वन्द्वसम्बन्धी प्रगतिवादी मान्यता, कवितामा वर्गद्वन्द्व र निष्कर्षसहितका तीन परिच्छेद छन् । परिच्छेद एकमा विषयप्रवेश, […]

Continue Reading

चौथो क्यान इन्फोटेक मेला माघ २५ देखि

चितवन, २४ माघ कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेला भोलि माघ २५ देखि शुरू हुने भएको छ । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलाको मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, […]

Continue Reading