‘साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ, २० माघ आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । […]

Continue Reading

‘प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाइने’

विराटनगर, २० माघ  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामकरण टुङ्गो लाग्ने जानकारी दिए । प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै […]

Continue Reading

राजधानीमा ‘चरा सम्मेलन’

काठमाडौं, २० माघ दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले […]

Continue Reading

डिजिटल नक्साङ्कन गरिँदै

भक्तपुर, २० माघ मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, […]

Continue Reading

नायब सुब्बा पक्राउ

काठमाडौँ, २० माघ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब […]

Continue Reading

राजदूत नियुक्तिसँगै शपथ

काठमाडौँ, २० माघ राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराए । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार […]

Continue Reading

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, २० माघ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी रयालीका साथ निर्माणस्थल रामपुर पुरयाइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका […]

Continue Reading

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ, २० माघ नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा […]

Continue Reading

महिला पर्यटन व्यवसायी हाइकिङतर्फ

चिप्लेढुङ्गा, २० माघ पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवद्र्धनका लागि हाइकिङ(लामो एकदिने पदयात्रा) गरेका छन् । शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउराली गैरा–कृस्ती कालिका मन्दिर–मट्टीखान भ्यूटावर– माउण्टेन रिसोर्ट–छोरेपाटनसम्म हाइकिङ गरेर सम्पन्न भएको छ । सुन्दर नगरी पोखरा र आसपासका रमणीयस्थल र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम गरिएको मञ्चका […]

Continue Reading

चौबिसै घण्टा आकस्मिक सेवा शुरु

अत्तरिया, २० माघ कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ । नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत […]

Continue Reading