मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ, २१ माघ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आएका डा भट्टराईले यस्तो बताएको हो । विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उनले तर्क गरे । “मध्यपहाडी […]

Continue Reading

लालपूर्जाविहीन काडामाण्डौँवासी

डोटी, २१ माघ नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाए। मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिए । उहिलेका ५३ परिवार अहिले […]

Continue Reading

विद्यालयमा खानेपानी समस्या

बाजुरा, २१ माघ जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२÷०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर खानेपानी उपलब्ध गराए पनि अहिले सो सुविधा बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो । पानी खानकै लागि छात्र छात्रालाई आधा […]

Continue Reading

होटल, रेष्टुराँ स्तरीकरण

बागलुङ, २१ माघ खाद्य स्वच्छताको आधारमा यहाँका होटल तथा रेष्टुराँको स्तरीकरण शुरु गरिएको छ । होटल तथा रेष्टुराँ व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले स्तरीकरण गर्न थालेको हो । पहिलो चरणमा आइतबार सदरमुकामस्थित चार होटल र एक रेष्टुराँलाई स्तरीकरण गरिएको कार्यालयका निमित्त प्रमुख केदार पौडेलले बताए । स्तरीकरणमा […]

Continue Reading

सुन्तला बिक्रीबाट रु ३८ करोड आम्दानी

गोरखा, २१ माघ गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले […]

Continue Reading

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम, २१ माघ चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया […]

Continue Reading

कराते खेलाडी सम्मानित

काठमाडौँ २१ माघ  खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुरयाएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उनलाई रु दश हजार नगदसहित ताम्रपत्रद्वारा […]

Continue Reading

चिनी भन्सारमै थन्किए

वीरगञ्ज, २१ माघ साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको […]

Continue Reading