कृषि श्रमिकको अभाव

बर्दिबास, २७ माघ सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् । मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल बनाउने तथा मर्मत गर्ने बडही (हलो, कुटो, कोदालो बनाउने र मर्मत गर्ने मिथिलाको खास जाति समुदाय, […]

Continue Reading

पानीले इँटा नष्ट

धादिङ, २७ माघ लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए । बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा […]

Continue Reading

बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर

ललितपुर, २७ माघ सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उनी बताउछिन। नौ महिना लाग्नासाथ जाँच गराउन जाँदा एक्कासि बच्चाको धड्कन बढेको भन्दै चिकित्सकले शल्यक्रियाको सुझाव दिए । ढकाल परिवारले […]

Continue Reading

म्याराथन दौड प्रतियोगिता फागुनमा

काठमाडौँ, २७ माघ नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले आज यहाँ आयोजित […]

Continue Reading

समाजसेवाका नमूना चन्द्र र सुरज

म्याग्दी, २७ माघ मानिस धर्मका लागि मन्दिरमा धाउँछन्, दान गर्छन् र आत्मसन्तुटि लिने गर्छन् । आफ्नै शरीरको अङ्ग दिएर अरुको जीवन बचाउने र रक्तदान गर्ने झनै पुण्यका काम हुन् । आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने थोरै मानिसहरुमध्येमा पर्छन् म्याग्दीका चन्द्र र सुरज केसी । उनीहरु दाजुभाइ हुन् । एउटै घरका […]

Continue Reading

सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइँदै

भक्तपुर २७ माघ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइँदैछ । विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन् । बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने […]

Continue Reading

राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ, २७ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरे । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण […]

Continue Reading