विज्ञसँग रचनात्मक सुझाव सङ्कलन

काठमाडौ ६ फागुन विभिन्न क्षेत्रका विज्ञले भूमि उपयोग गर्न पाउने अधिकार जनतामा सुनिश्चित गर्दै आवश्यक पर्दा जमीनलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने अधिकारसहितको ऐन बनाउन सुझाव दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि विज्ञ कृष्ण पौडेल, पुण्यप्रसाद वली, र राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिलाई संस्कृतिका रुपमा नभई पेशाका रुपमा अगाडि […]

Continue Reading

ओखर बगैँचाका लागि छ हजार बिरुवा

बैतडी, ६ फागुन जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर […]

Continue Reading

गाँजा सङ्कलक पक्राउ

सिन्धुली, ६ फागुन गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी […]

Continue Reading

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, ६ माघ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा १५९ को उपधार ९१० मा […]

Continue Reading

खानेपानी अभावले गाउँ छोड्न बाध्य

दमौली, ६ फागुन तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उनलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उनको चाहना पूरा हुनसकेको छैन । पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उनले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताए । उनले भने, “पिउनको […]

Continue Reading

जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

जाजरकोट, ६ फागुन जाजरकोट अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । जिल्ला अस्पताल ५० श्याको भए पनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो । अस्पतालमा डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिए । गतवर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले […]

Continue Reading

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिइने

डोटी, ६ फागुन  दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राख्नेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताएको छ । बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसनको रुपमा अगाडि बढिरहेको भन्दै नगरपालिकालाई बालश्रमिक […]

Continue Reading

पर्यटन महोत्सवको तयारी पूरा

साँखु, ६ फागुन काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न प्रस्तुतिहरु रहने छन् । महोत्सवमा स्थानीय तामाङ संस्कृति र स्थानीय उत्पादनहरूको […]

Continue Reading

दुबोको मालाले बदलियो मीराको जीवन

चिप्लेढुङ्गा, ६ फागुन कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका हुन्छन् । हरियो दुबोले साँच्चै मीराको जीवनमा बहार ल्याएको छ । यसरी दुबोसँगको सम्बन्ध बढ्नुको पछाडि पनि पक्कै कारण छ । पोखराको बैदाममा बस्दै आएकी ४५ वर्षीय मीराले […]

Continue Reading