सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकमा रेल चल्ने

काठमाडौं, १९ माघ सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी विद्युतीय मेट्रो रेल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागल कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागेको हो । मेट्रो रेलको डीपीआर तयार गर्न विभागले माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान […]

Continue Reading

आशा लघुवित्तको आईपिओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं, १९ माघ आशा लघुवित्तले आज माघ १८ गते शुक्रबार देखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ ।   धितोपत्र बोर्डले कम्पनीलाई पुस २९ गते शेयर निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार  कित्ता आईपिओ निष्काशन गरेको हो । कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको […]

Continue Reading

डाक्टर केसीको अनशन स्थगित भए पनि प्रदर्शन जारी

काठमाडौं, १९ माघ सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्यो। चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदलविरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। डाक्टर केसीले हिजोमात्र आफ्नो अनशन स्थागित गरेका थिए। चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा […]

Continue Reading

नेपाल एयरलाइन्सले जापानका लागि एओसी पायो

काठमाडौं, १९ माघ नेपाल एयरलाइन्सले जापान उड्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमान उडान अनुमति(एओसी) पाएको छ। एयरबसको ए३३० सिरिजको वाइड बडी जहाजबाट काठमाडौं–ओसाका उडान गर्ने तयारी गरिरहेको राष्ट्रिय ध्वजाबाहकले प्राधिकरणबाट शुक्रबार अनुमति पाएको हो। नयाँ सेक्टरमा उडान सुरू गर्नका लागि स्वदेशको नियामकबाट पनि अनुमति लिनुपर्छ। सोहीअनुसार प्राधिकरणले नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो। नेपालमा अनुमति […]

Continue Reading

नेपालगञ्ज रंगशालामा ३६ लाखको दुबो बिछ्याइँदै

नेपालगञ्ज, १९ माघ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्जको रंगशालामा रू. ३६ लाखको दुबो बिछ्याउन लागिएको छ । व्यवसायीहरुले भारतबाट नेपालगञ्ज रंगशालाका लागि भित्राएको दुबोको दाङमै व्यावसायिक खेती समेत शुरु गएिको छ । दुबो लगाउने काम गरिरहेको काठमाडौंस्थित गौतम नर्सरीका रबिन गौतमले दाङ बेलझुण्डीमा तीन बिगाहा जमीनमा बरमुडा घाँसको खेती शुरु गरेका हुन् । अब […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैया बढ्यो

काठमाडौं, १९ माघ   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको छ । बृद्धि भएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । पदार्थ                पूरानो      […]

Continue Reading

राष्ट्रिय योजना आयोगद्वारा उत्पादकत्वमा जोड

सुर्खेत, १९ माघ राष्ट्रिय योजना आयोगले देशको आर्थिक समृद्धिका लागि कृषिजन्य तथा औद्योगिक उत्पादकत्व बढाउन जोड दिएको छ । आयोगले विहीवार वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कर्णाली प्रदेश परामर्श बैठकको अन्तिम दिन कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल र सरोकारवालासँग गरेको पन्ध्रौं योजनाको मस्यौदामाथि राय सुझाव संकलन कार्यक्रममा उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार […]

Continue Reading

पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ कार्यकर्ता पक्राउ

कास्की, १९ माघ पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी संघका कार्यकर्तालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि […]

Continue Reading