छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ माघ महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२ र ७३ मा दुई हजार ७९५, २०७३ […]

Continue Reading

हेलम्बुमा ह्योल्मो संस्कृति झल्कने घर

मेलम्ची, २२ माघ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तेम्बाथानमा ह्योल्मो मौलिक संस्कृति झल्कने ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पबाट प्रभावित स्थानीयवासीको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेका ४० मध्ये २३ घरको काम सम्पन्न भइसकेको छ । बाँकी घर, शौचालय र खानेपानीको काम एक महीनाभित्र सम्पन्न हुने एकीकृत […]

Continue Reading

जग्गा दान

अछाम, २२ माघ जिल्ला प्रहरी कार्यालय अछामअन्तर्गत अस्थायी प्रहरी पोष्ट बेलखेतका लागि एक स्थानीयवासीले रु नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीयवासी डम्मरबहादुर शाहीले प्रहरी चौकीका लागि जग्गा दान गरी जिल्ला प्रहरी कार्यालय अछामको नाममा नामसारी गरेको जनाइएको छ । शाहीले जिल्ला प्रहरी कार्यालय अछाममै पुगेर […]

Continue Reading

प्रत्येक घरमा धारा

जुम्ला, २२ माघ सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज […]

Continue Reading