काठमाडौँ, १९ मङ्सिर
नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।
‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् ।
विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उनले आफ्नो साङ्गीतिक यात्र शुरु गरेको थियो । सबैभन्दा पहिला उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेको थियो । पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएको थियो ।
उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भने , “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।” उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उ आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व हुनुहुन्थ्यो ।
‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेउ ए जाने निठुरी’
दिनेश अधिकारीको रचनामा नारायण गोपालले गाएको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिएको थियो । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङले बताए ।
“उनलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उनलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उ त्यस्तो हुनुहुन्न थियो”, मुकारुङ थप्छ, “उ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउन्थ्यो ।” उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उनलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उ बताउन्छ । “आजभोलि नपिउने त को नै होलान र ”, उनले आक्रोस पोखे ।
नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।
नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएको थियो । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले आसामका हरिभक्त कटुवालका गीतसमेत गाएको थियो ।
‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएको थियो । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उ र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उ निःसन्तान हुनुभए पनि उ पारिवारिक कारणबाट कहिल्यै निराश हुन्नथ्यो ।
विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै चाकडी गर्न रुचाएन । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उ कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्नुहुन्नथ्यो । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको हुन्थ्यो ।
नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको हुनुभए पनि उ नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहनुभएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउछ। सङ्गीतकार रायमाझीका अनुसार, “उनको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उनले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उ बताउन्छ । आफूले एकपटक भेटेको व्यक्तिलाई उ कहिल्यै पनि नभुल्ने उनले बताए ।
नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिएको थियो । उनले गाउनुभएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो । उनले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएको थियो । ‘हे कान्छा ठट्टैमा यो बैँस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएको थियो । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।
उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएको थियो । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हो । उनले पहिलोपटक प्रेमध्वज र माणिकको सङ्गीतमा गीत गाएको थियो । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उनमा कहिल्यै पनि घमण्ड भने थिएन ।
नाचघरमा उ कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेको थियो । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्नुहुन्छ । पछि उनले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएको थियो ।
सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उ बताउन्छ । उनले भने, “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उ बताउछ । उसले थपे“उ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्दैन र आफ्नो प्रशंसा पनि रुचाउन्नथ्यो ।” नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने सायमीको भनाइ छ ।
।