हस्तकला व्यापार मेलाको दोस्रो दिन आगन्तुकहरुको अपार भीडका बीच मित्रराष्ट्रका राजदूतहरुको आगमन

अर्थ/वाणिज्य विज्ञान/प्रविधि समाचार

काठमाडौं, २९ कात्तिक

१६औं हस्तकला व्यापार मेलाको बिहीवार दोस्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको छ । मेला अवलोकन गर्न नेपालको लागि महामहिम जर्मन राजदूत श्री रोनाल्ड स्काफरले मेला अवलोकन गरेको छ । उनले मेला अवलोकनपश्चात नेपाली हस्तकलाको व्यापार स्थानीय बजारमा मात्र सीमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको बताए । उनले यस्तो प्रदर्शनीले नेपाली दैनिक जन जीवनमा समेत सकारात्मक असर पार्ने तर्क राखे ।

त्यसैगरी मित्रराष्ट्र भारतका महामहिम राजदूत श्री मन्जीभ सिंह पुरीले नेपाली हस्तकलाको विकास प्रसंशायोग्य रहेको बताए । यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सीमित नभई व्यावसायिकतातर्फ उन्मूख रहेको बताए । नेपाली र भारतीय जनताको मैत्रीपूर्ण सम्बन्धमा कला र संस्कृतिको अत्यन्तै महत्व रहेको उनी बताउँछन् । उनले यस व्यापार मेलाको प्रगति र निरन्तरताको लागि शुभकामना समेत दिए ।


बिहीवार मेलाको थप आकर्षणको रुपमा अमूर्त सांस्कृतिक सम्पदा अन्तरगत नृत्य प्रदर्शनीको क्रममा मेला स्थलमा चर्या नृत्य, पञ्च बुद्ध नृत्य र फ्यूजन म्युजिक मञ्चन गरिएको थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा ७० वर्ष नाघेको दश जना वरिष्ठ तथा ज्येष्ठ कलाकारहरुलाई ताम्रपत्र र सगुनसहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवाणी राणा र महासंघका अध्यक्ष धर्मराज शाक्यले सम्मान गरिएको थियो ।
त्यसैगरी मित्रराष्ट्र जापानका महामहिम राजदूतको उपस्थितिको पनि कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *