प्रहरी समाचार

समाचार

न्यूज अपडेट भक्तपुर

पाँच किलो सुन सहित पक्राउ

काठमाडौं, १७ असोज

रसुवा गोसाईकुण्ड गाउँपालिका–१ थुमन घर भएका १८ वर्षीय सोबहादुर तामाङलाई अवैध रुपमा ल्याएको ५ किलो सुन सहित प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका–३ तिनपिप्लेमा  रसुवाबाट काठमाडौंतर्फ आँउदै गरेको बा.२ ख ६३८१ नम्वरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार चेकजाँच गर्ने क्रममा  तामाङले लुकाई छिपाई ल्याएको अवस्थामा  १÷१ केजीका गरी  ५ थानमा रहेको उक्त सुन बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ 

भक्तपुर, १७ असोज

चागुँनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय  कपिलदेव सुकमनीलाई धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सामान सहित बुधबार प्रहरीले  पक्राउ गरेको छ ।

सोही नगरपालिका–९ ताथली बस्ने हिरा बहादुर राउतको घरको मुल ढोकाको ताल्चा र ३ वटा दराज समेत तोडफोड गरी नगद  ६५ हजार ७ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ४ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनलाई उक्त सामान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

  लुटिएको मोटरसाइकल र नगद बरामद 

सिराहा, १७ असोज

सिराहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट लुटिएको बिआर ३२ भि १५७० नम्वरको मोटरसाइकल र  नगद ९ लाख ५० हजार रुपैया प्रहरीले बरामद गरेको छ ।

सोही नगरपालिका–१५ सुकचैन बस्ने संजय यादवले बुधबार उक्त मोटरसाइकलमा रामजानकी मनि ट्रान्सफरको पैसा राखी जाँदै गरेको अवस्थामा नम्वर नखुलेको ३ वटा मोटरसाइकलमा आएका ४÷५ जना अपरिचित व्यक्तिहरुले बाटो छेकी मोटरसाइकल र पैसा लुटेका थिए ।

सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा मोटरसाइकल र सिट मुनी रिन्ज राख्ने ठाउँबाट उक्त नगद फेला पारी  बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 सवारी दुर्घटनामा मृत्यु 

रुपन्देही, १७ असोज

लुम्बिनी साँस्कृतिक नगरपालिका–३ स्थित भित्री सडकमा यूपी ५५ एक्स ९३४० नम्वरको स्कारपियो गाडीले सोही ठाउँ बस्ने ३ वर्षीय महम्मद रैयानलाई बुधबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

आगलागीबाट धनमाल क्षति  

रुकुम पुर्व , १७ असोज

सिस्ने गाउँपालिका–७ नापीघाट बस्ने टेजबहादुर भण्डारीको टिनले छाएको तीनतले घरमा मंगलबार बिद्युत सर्ट भई आगलागी हुँदा करीव ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको    छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *