सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल, तेल ढुवानी गर्न चालक तयार

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौ, ५ असोज


नेपाल आयल निगमको दबाबपछि तेल ल्याउन ट्याङ्करहरु इन्डियन आयल कर्पोरेसन९आइओसी०को रक्सौल डिपोमा पुगेका छन्।

केहीवेर समय अघिदेखि ट्याङ्करहरु रक्सौल पुग्न थालेका हुन्। निगम र ट्याकरधनीको ठूलो दबाबपछि त्यस ठाउँमा तेल भर्न ट्याङ्कर जान थालेका हुन्। अहिलेसम्ममा पाँच वटा ट्याङ्करभन्दा बढी गइसकेका छन् । अब सबै ट्याङ्कर सञ्चालनमा आउँछ। चालकहरू तेल ल्याउन तयार भएको वीरगञ्जका एक पेट्रोलियम ढुवानी व्यवसायीले बताएका छन् । उनका अनुसार निगमले ट्यांकरनै कब्जामा लिएर चालकलार्इ कारबाही गर्ने चेतावनी दिएपछि ढुवानी सुचारु भएको हो।

रक्सौल डिपोबाट तेल नआएका कारण काठमाडौँ उपत्यकालगायतका विभिन्न जिल्लामा तेल अभाव सुरु भएको छ। उपत्यकालगायतका जिल्लामा रक्सौलबाटै बढी तेल आउने गर्छ । तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ । आपूर्ति सहज बनाउन निगमले वाइकलार्इ पाँच लिटर र कारलार्इ १५ लिटर मात्रै दिन पेट्रोल पम्पलार्इ निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *