किमको चौथो पत्र : उत्साहित भए ट्रम्प

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

काठमाडौं, २६ भदौ

North Korea’s leader Kim Jong Un (R) walks with US President Donald Trump (L) during a break in talks at their historic US-North Korea summit, at the Capella Hotel on Sentosa island in Singapore on June 12, 2018.
Donald Trump and Kim Jong Un became on June 12 the first sitting US and North Korean leaders to meet, shake hands and negotiate to end a decades-old nuclear stand-off. / AFP PHOTO / POOL / Anthony WALLACE

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र लेखी दोस्रो शिखर वार्ताका लागि आह्वान गरेका छन्। गत बिहीवार पानजुमनमा उत्तर कोरियाली र अमेरिकी उच्च पदस्थ सैनिकबीच भएको भेटका क्रममा किमको पत्र हस्तान्तरण गरिएको थियो। उत्तर कोरियाली नेताले ट्रम्पलार्इ लेखेको यो चौथो पत्र हो।

ह्वाइट हाउसकी प्रवक्ता साराह सानडर्सले उक्त पत्र ‘निकै न्यानो’ रहेको बताइन्। त्यसबाट प्योङयाङ निशस्त्रीकरणको आफ्नो वाचाप्रति प्रतिवद्ध देखिएको उनको दावी थियो।

उक्त पत्रको मुख्य आशय भन्नु नै अर्को वार्ताका लागि मिति तय गर्नु रहेको छ। त्यसका लागि अमेरिका खुला रहेको र भेटको तयारीका लागि सहकार्य गर्न तयार रहेको सानडर्सले बताइन्।

वासिङ्टन उक्त वार्ता गराउन तयार रहेको बताएकी सानडर्सले दुर्इ नेताहरुबीच हुने भेटवार्ताको मितिका बारेमा भने केही जानकारी दिइनन्।

तर, उनले किमको पत्र ‘एकदमै न्यानो र सकारात्मक’ रहेको भन्दै उत्तर कोरियाले स्थापनाको ७० औं वार्षिकोत्सव समारोहका अवसरमा राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन नगरेकोमा किमको प्रशंसा गरिन्।

ट्रम्पले पनि ट्वीट् मार्फत् ब्यालेस्टिम मिसाइलबिना गरेको परेड उत्तर कोरियाको सकरात्मक कदम रहेको बताएका थिए।

सेप्टेम्बर ९ मा ट्रम्पले ट्वीटरमा लेखेका थिए – ‘यो उत्तर कोरियाको एकदमै ठूलो र सकरात्मक कदम हो। धन्यवाद अध्यक्ष किम। हामी दुवै अरुलार्इ गलत प्रमाणित गर्नेछौं। एक अर्कालार्इ मन पराउने दुर्इ व्यक्तबीच राम्रो वार्ता हुनुजस्तो अरु केही छैन। मैले कार्यालय सम्हाल्नुभन्दा धेरै राम्रो।’

फक्स न्यूजले ‘ट्रम्पलार्इ देखाउनमात्र उत्तरले ब्यालेस्टिम मिसाइल बिना गरेको परेड गरेको’ भन्ने समाचारको खण्डन गर्दै ट्रम्पले ट्वीट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *