खसीबोका राजधानी निकासी हुदा सुनसरीमा मासुको मुल्य महंगियो

अर्थ/वाणिज्य समाचार

धरान, २८ असोज


पुर्वी पहाडी जिल्लाका खसी बोका काठमाण्डौं निकासी हुन थाले पछि सुनसरीका बजारमा खसी बोकाको मासुको मुल्य महंगिदै गएको छ । पछिल्लो समय खसीको मासुको प्रयोजनका लागि खसी बोकाको अभाव देखिए पछि सुनसरीका धरान, इटहरी लगायत मोरङमा समेत मासुको मुल्य महंगिदै गएको हो । खसीबोका निकासी बढ्दै गएकाले अभावका कारण मासुको मुल्य बढेको व्यापारीहरुको भनाई छ ।
पछिल्लो समयमा मासुको प्रयोजनका लागि खसीबोका अभाव हुन थालेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘राजधानी निकासी शुरु भएसँगै खसीबोकाको मूल्य एक्कासि बढेको र अभाव शुरु भएको छ ।’ राजधानीतिर खसीबोका निकासी हँुदा कृषक र व्यापारीलाई फाइदा पुगे पनि दीपावलीका लागि भनेर किन्ने स्थानीय उपभोक्ताका लागि चाहिँ महँगो हुन पुगेको छ ।
पुर्वी पहाडी जिल्लाको लागि धरान स्थित कृषि उपज बजार स्थल प्रमुख व्यापारिक केन्द्र हो । धरानको बजार हुँदै खसीबोकाहरु राजधानी निकासी हुने गरेका छन् । बजारको तथ्याङक अनुसार दशैं अघि र पछिका दुई शुक्रबारका दिन सवा करोड रुपैयाँ बढीको खसीबोका खरिद बिक्री भएको थियो ।
भट्टराईका अनुसार धरानमा खरिद बिक्री भएका मध्ये ७५ प्रतिशत खसीबोका राजधानी निकासी भएकाले दशैंपछिको शुक्रबारे बजारमा खसीबोकाको अभाव देखिएको छ । धरान कृिष बजारमा गत आर्थिक वर्षमा ३० हजार ४ सय खसीबाख्रा मासुको प्रयोजनका लागि बिक्री हुँदा २८ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । उनले भने, ‘मासुको प्रयोजनका लागि गत शुक्रबार लागेको कृिष उपजबजारमा स्थानीय उपभोक्ताले १० हजार रुपैयाँ पर्ने खसीबोकालाई १५ हजार रुपैयाँसम्म लगाएर खरिद गर्न बाध्य भएका थिए ।’
गत साउन यता ६ करोड ५० लाख रुपैयाँको खसीबाख्रा बिक्री भएको भट्टराईले बताए । गतवर्ष यही समयमा पाँच करोड ५० लाख रुपैयाँको मात्र कारोबार भएको थियो । कृषि बजारमा गत आर्थिक वर्षमा २८ करोड ५० लाख रुपैयाँको कारोबार भएको भट्टराईले बताए । उनले भने, ‘यस वर्षदेखि वार्षिक करिब ३५ करोड रुपैयाँको खसीबोका खरिद बिक्रीको कारोबार हुने सङ्केत देखिएको छ ।’
उनका अनुसार दशैं ताकाको गएका दुई शुक्रबारमा करिब सवाकरोड रुपैयाँ बढीको बिक्री हुनु र अर्को कारण धरानको कृषि बजारबाट यसै पटक देखि राजधानी तिर करोडौंको खसीबोका निकासी हुनु मुख्य कारण हुन् । कृिष उपज बजारमा पछिल्लो शुक्रबार सहित दुई महिनामा करिब अढाइ करोड रुपैयाँको खसीबोका खरिद बिक्रीको कारोबार भएको थियो । चाडपर्वमा मासुको प्रयोजनका लागि भोजपुर, सखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका स्थानीय खसीबोका बिक्रीका लागि धरानमा ल्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *