बुधबारदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली, कति गते कुन सवारी साधन चल्न पाउँछ?

विशेष समाचार समाचार

बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्था सहज बनाउन काठमाडौं उपत्यकामा सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। यो साता तीन दिन सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नबराज लम्सालका अनुसार अत्यावश्यक बाहेकका सबै चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी र दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुनेछ। सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेक कुटनीतिक नियोगका सवारीमा समेत यो नियम लागू हुने उनले बताए

‘भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र चल्ने सबै सवारी साधनमा यो नियम लागू हुन्छ’ एसपी लम्सालले भने। उनका अनुसार अनुसार भदौ १३ र १५ गते नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू चल्न पाउनेछन भने १४ गते (०, २, ४, ६, ८) भएका सवारी साधनहरू संचालन हुन पाउनेछन।

नियम उल्लङ्घन गर्नेहरुलाई जरीवाना समेत तोकिएको एसपी लम्सालले बताए। उनका अनुसार नियम उल्लङ्घन गरेर सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ भने ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

यो नियम लागू भएको दिन सडकमा सवारी चाप करिब आधा घट्ने ट्राफिक प्रहरीको बिश्वास छ। उपत्यकाभित्र हाल १३ लाख भन्दा बढी सवारी साधन गुड्ने तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *