सडक दुर्घटनामा मृत्यु

भक्तपुर, २९ साउन (रासस)ः सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् । द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र मैया श्रेष्ठलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा […]

Continue Reading

नेपाल-चीन रेल: अध्ययनबारे अर्को हप्ता छलफल

आगामी साता नेपाल र चीनका सरकारी प्रतिनिधिहरू बीच हुने छलफलले चीनसँग जोड्ने केरुङ-काठमान्डू रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रूप दिइने बताइएको छ। चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा कठिन भूगोल भएपनि रेलमार्ग निर्माण सम्भव रहेको तर उच्चस्तरको प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गरिएको जनाइएको छ। ‘काठमाण्डू-केरुङ रेलमार्ग बनाउन २८० अर्ब’ नेपाल चीन जोड्ने रेल योजनाको खाका […]

Continue Reading

नागरिकता विधेयक: सांसदहरूले गरे सरकारको आलोचना

नागरिकता ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा महिला र पुरुषबीच विभेदकारी प्रावधान राखिएको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। उक्त विधेयकमाथि मङ्गलवारदेखि संसद्‌मा सुरु भएको सैद्धान्तिक छलफलमा बोल्दै उनीहरूले प्रस्तावित विधेयकमा राखिएका त्यस्ता प्रावधान सच्याउन माग गरेका छन्। गृहमन्त्री रामबहादुर थापाले परिमार्जन गर्ने अधिकार संसद्लाई भएको भन्दै नागरिकताको विषय राष्ट्रिय सुरक्षासँग जोडिएकाले त्यसतर्फ पनि ध्यान […]

Continue Reading

काठमाडौंमा अत्याधुनिक बस संचालनमा, जिपिएस ट्रायाकिङ सेवादेखि डिजिटल पेमेन्टसम्म

गोंगबु–गल्कोपाखा–लैनचौर–रत्नपार्क–डिल्लीबजार–मैतीदेवी–पूरानो बानेश्वर–सिनामंगल ‘एस ५’रुटमा अत्याधुनिक बस सेवा संचालनमा आएको छ ।  एसियाली विकास बैंक (एडीबी)को सहयोगमा दिगो सार्वजनिक यातायात प्रालीले ४० सिट क्षमताको १७ वटा अत्याधुनिक बस संचालनमा ल्याएको हो । एडिबीले काठमाडौं दीगो शहरी यातायात आयोजना अन्तर्गत यी बस सञ्चालनमा ल्याएको हो । बस सञ्चालनमा आउनु अघि यस ५ रुटमा २६ माइक्रोबस र ३५ […]

Continue Reading

भक्तपुरको आर्दश र लोकन्थलीमा बम डिस्पोज गरियो

भक्तपुर २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका क्रममा उपत्यका लगाएत बिभिन्न स्थानमा बम राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यस्तै आज बिहानै भक्तपुरका दुई स्थानमा विप्लव समुहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । भक्तपुरकोआर्दश  र लोकन्थलीमा एका बिहानै बम राखेको हल्ला चलेपछि उक्त […]

Continue Reading