नीलबाराही, भैरव र महाकाली नाच प्रदर्शन

भक्तपुर, १३ भदौ (रासस) ः मध्यपुरथिमि नगरपालिकाभित्रका विभिन्न शहरमा ऐतिहासिक एवं सांस्कृतिक महत्वको विभिन्न नाच प्रदर्शन शुरु भएको छ । गएरातिबाट बोडेमा नीलबाराही नाच शुरु भएको छ । बाह्र वर्षपछि एकपटक फरक शैलीमा हुने धार्मिक महत्वको नाच चार दिनसम्म लगातार नगरका विभिन्न शहरमा प्रदर्शन हुने गरेको स्थानीय दीलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक वर्ष गाईजात्राको […]

Continue Reading

बिमस्टेकका पाहुना आउने समयमा यी रुटमा यात्रा नगर्न आग्रह, को कुन बेला आउदै ?

१३ भदौ, काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको लागि पाहुनाहरु नेपाल आउँन थालेका छन । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै नेपाल आइसकेका छन। उनलाई रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी आज गौतम बुद्धको […]

Continue Reading

पुँजीगत लाभकरको विवाद टुंगियो, केहि दिन मै राजश्व विभागले नयाँ सर्कुलर जारी गर्ने

१३ भदौ, काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पदाधिकारीहरुले बुधबार राजस्व सचिव शिशिर कुमार ढुंगानासंग पुँजीगत लाभकर बारे छलफल गरेका छन्  । छलफल सकारात्मक भएको फोरमका पदाधिकारीहरुले बताएका छन् । छलफलमा राजस्व सचिव ढुंगानाले व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने ७.५% पुँजीगत लाभकर नै अन्तिम कर हुने भएकोले लगानीकर्तालाई यस बिषयमा ढुक्क हुन् आग्रह गरेका छन् । साथै उनले यस बिषयमा विवाद केहि हप्ता मै […]

Continue Reading

बिमस्टेकको अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सहमतिपत्र अनुमोदन

१३ भदौ, काठमाडौं । विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षरका लागि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा प्रस्तुुत गरिने भएको छ । काठमाडौंमा बुधबार सम्पन्न बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । बैठकमा […]

Continue Reading