टुँडिखेलमा घोडेजात्रा

विशेष समाचार समाचार

 

न्यूज अपडेट
काठमाडाैं, २८ चैत


हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा लगायतको उपस्थिति थियो ।जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरका बासिन्दाले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।यसै कारण हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले दुःख दिँदैन भन्ने मान्यता छ ।
यस्तै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *