न्यूज अपडेट
काठमाडाैं, १० मंसिर
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, वागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रोल्पामा ३ र रुपन्देहीमा ४७ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बैतडीमा १३ जनामा कोरोना भेटिएको छ।