काठमाडौं उपत्यकामा १२०७  जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१९ ललितपुरमा १८० र भक्तपुरमा १०८ जनालाई  कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यका कुल संक्रमितको संख्या ९५ हजार १६ पुगेको छ। हालसम्म ७४ हजार ४१६ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७७ हजार ३ , ललितपुरमा ११ हजार ५७ र भक्तपुरमा ६ हजार ९५६ संक्रमित भएका मध्ये काठमाडौंका ६० हजार २६६, ललितपुरका ८ हजार ५३७   र भक्तपुरका ५ हजार ६१३ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा काठमाडौंमा १६ हजार ४४१, ललितपुरमा २ हजार ४३१ र भक्तपुरमा १ हजार २६७ सक्रिय संक्रमित रहेका छन्।

आज उपत्यका ६ जनाको मृत्यु भएको छ। आज पछिल्लो २४ घण्टामा काठमाडौंम ३, ललितपुरमा २ र भक्तपुरमा १ संक्रमितको मृत्यु भएको छ।

उपत्यकामा अहिलेसम्म ४५३ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९६, ललितपुरमा ८१ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार १११  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

२४ घण्टामा ३ हजार ५३७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार  १२९ पुगेको छ।

२४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २०२ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *