यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै थप १ जनाको मृत्यु भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेकाे छ। जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन्।