भारतमा पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, ६ पुस

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन्। सङ्क्रमितको यो संख्या ५८१ दिनको नै सब भन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७९ हजार ९७ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो संख्या ५७४ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन्।

गएको २४ घण्टामा भारतमा आठ हजार ४३ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ९५ हजार ६० जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८।४० प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड ६१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ३५ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

यसैविच भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन्। ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन्। त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन्। त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *