पछिल्लो २४ घण्टामा दुई हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ साउन

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पिअिसार परीक्षण गर्दा एक हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार २५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *