मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ː शेयर धिताेको कर्जाको ४/१२ नीतिमा संशोधन भएन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० मंसिर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ː शेयर धिताेको कर्जाको ४/१२ नीतिमा संशोधन भएन

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो ।

राष्ट्र बैंकले  शेयर मार्जिन लोन ४/१२ नीतिको व्यवस्था यथावत राखेको जनाएको छ । मौद्रिक नीति समीक्षामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले भने, ‘राष्ट्र बैंकले कुनै पनि नीति लागू गर्दा लामो अनुसन्धान र अध्ययन पछि मात्र लागू गर्ने हुँदा मौद्रीक नीतिमा समेटिएका सबै नीतिहरु परिवर्तन गर्ने खालका छैनन । सोहिरुपमा शेयर मार्जिन लोनका विषयमा पनि यस भन्दा अगाडी आएको नीति सहि भएको हाम्रो ठहर छ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो।

त्यस्तै, मौद्रिक नीतिको उपयुक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *