पछिल्लो २४ घण्टामा ४०१७ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १७ असार

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार १७ जना मुक्त भएका छन्।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घन्टामा १० हजार ९ सय ८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *