भक्तपुर बचतले गरे संस्कृति शिरोमणि हरिराम जोशीकाे पुस्तक विमोचन

कला/साहित्य विशेष समाचार समाचार
न्यूज अपडेट
भक्तपुर, ६ बैशाख

 

संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक आइतबार संस्थाकै सभाकक्षमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रकाशन गरी विमोचन गरेको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विमोचन गरेको उक्त पुस्तक अटाइसौं कृति रहेको संस्थाले समाजमा योगदान पुर्याउने विद्वानहरुलाई राज्यलेनै खोजी खोजी सम्मान गर्नुपर्नेमा त्यस्तो नभएको यो अवस्थामा सहकारीले आर्थिक कारोबारमा मात्र ध्यान नदिई यस्ता विद्धत वर्गलाई सम्मान र सहयोग गर्नुपर्छ भन्ने सन्देश उक्त कार्यक्रमले दिएको संस्थाका सल्लाहकार विष्णु गोपाल कुसीले बताए। संस्थाकै सम्पूर्ण लागतमा हाललाई १००० प्रति पुस्तक छपाई भएकोमा विमोचनको दिनमा छुट गरी दुई सय रुपैयाँमा विक्री भएको जतिको रकम लेखकलाई नै हस्तान्तरण गरिएको थियो । जानकारी दिएको छ । ८६ वर्षे लेखक हरिराम जोशीको उक्त पुस्तकमा ३०६ पृष्ठ रहेको छ भने त्यसको मूल्य तीन सय रहेको संस्थाले जानकारी दिएको छ । सहकारीले आफ्नो सामाजिक दायित्व सम्झेर विगतमा पनि विभिन्न कलाक्षेत्र, संस्कृति, शिक्षा ,भाषा र साहित्य क्षेत्रमा योगदान गरेका आदरणीय व्यक्तित्वहरुलाई संस्थाको वार्षिक साधारणसभाको अवसर पारेर सम्मान गरिरहेको थियो भने पुस्तक प्रकाशन गरी विमोचन गरेको यो पहिलो रहेको संस्थाका अध्यक्ष बलराम प्रजापतिले जानकारी दिए ।

५६ वटा उपशीर्षकहरुमा विभाजित उक्त पुस्तकभित्र संस्कार र संस्कृतिहरुको प्रचलनबारे जानकारी गराइएको छ । कला , साहित्य र संस्कृतिप्रति रुची हुनेहरुको लागि मात्र नभई संस्कृतिको खोज अनुसन्धान गर्ने अध्येयताहरुको निम्ति पनि पुस्तक पठनयोग्य रहेको अतिथि प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *