वागीश्वरी कलेजमा रक्तदान

समाचार स्वास्थ्य

न्यूज अपडृेट
भक्तपुर, २६ चैत


वागीश्वरी कलेजको अयोजनामा स्नातक तह बीएसडब्लू प्रथम वर्ष २०७६ ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कोभिड १९ का कारण सिर्जित रगतको कमीलाई थोरै भए पनि पूर्ति गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा १२ जना शिक्षकहरु र ४४ जना विद्यार्थीहरु गरी जम्मा ५८ जनाले रक्तदान गरेको थियो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले रक्तदाता महानुभावहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *