बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १६ पुस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ। गत २४ घण्टामा ५ सय ३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ३ सय ७८ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, मोरङमा १३ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को रौतहट, सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १७, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, मकवानपुरमा १६, रसुवामा ४, रामेछापमा २, ललितपुरमा ४३ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा ९, तनहुँमा १, नवलपरासीमा पूर्वमा १७, लमजुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा २१, नवलपरासीमा ६, पाल्पामा ५, प्युठानमा २, बर्दियामा १, बाँकेमा ११ र रुपन्देहीमा १५ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा १, अछाममा ७, कञ्चनपुरमा ७ र कैलालीमा ४२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा ३, डोटीमा ४, बझाङमा ५ र बैतडीमा ५ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *