२९४ आइसियु र भेन्टिलेटरमा, ३०२२ संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १३ पुस

देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आइसियु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार  आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २८८ जना थियो।

यस्तै, देशभर हाल ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४४५ कुल सक्रिय संक्रमितमध्ये ३ हजार २२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाँकी ३ हजार ४२३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार २२५ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ११६, प्रदेश २ मा १८, गण्डकी प्रदेशमा ४६७, लुम्बिनी प्रदेशमा ६८७, कर्णालीमा १०३ र सुदूरपश्चिममा ४०६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार ३ हजार ७७ जना संक्रमित होम आइसोलेसनमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *