३ सय ३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ मंसिर

देशभर हाल ३ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६२ जना आइसियु र ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३३ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा ७० आइसियु र १२ भेन्टिलेटरमा छन्।

गण्डकीमा ९१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ६० थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *