आज १२७१ कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ मंसिर

पछिल्लो २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।

आज देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको समेत नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आज देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *