देशभर ३ सय ८२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं , १९ मंसिर

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ जना आइसियु र ३१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आइसियु र ८ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ८ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

यस अघि बिहीबार  ४ सय ५३, बुधबार ४ सय २९, मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख ३८ हजार ८ सय ६१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  २ लाख २१ हजार ८ सय ४७ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *