२४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ मंसिर

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित  उपचारपछि निको भएका छन्।

नेपालमा १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९१० जना क्वारेन्टाइनमा छन्।  नेपालमा २८ हजार ८ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *