पछिल्लो २४ घण्टामा १७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ कात्तिक

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार आज ११ हजार १ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ सय ६७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३६ हजार १  सय ७४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *