कोरोनाको दोस्रो लहर तीव्र भएपछि स्पेनमा रात्रिकालीन कर्फ्यु​​​​​​​

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० कात्तिक

कोरोना संक्रमणको दोस्रो लहर रोक्न स्पेनमा देशव्यापी रात्रिकालीन कर्फ्यु लागू गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्जेले कर्फ्यु राति ११ बजेदेखि विहान ६ बजेसम्म लागू हुने बताए।

यस कर्फ्यु नियमअनुसार स्थानीय निकायहरुले एउटा क्षेत्रबाट अर्को क्षेत्रमा हुने आवतजावत वा यात्रालाई रोक्न सक्ने विविसीले जनाएको छ ।

प्रधानमन्त्री स्यान्जेले सुरुवाती अवस्थामा १५ दिनका लागि लगाइएको यस नियम लम्ब्याउनेबारे संसदमा छलफल गरि निर्णय लिइने बताए ।

यस वर्षको सुरुमा स्पेनमा आएको कोरोनाको पहिलो तरंगबाट यस देश नराम्रोसँग प्रभावित भएको थियो । त्यतिबेला नियन्त्रणका लागि लकडाउनदेखि अन्य विभिन्न प्रकारका उपायहरु अवलम्बन गरिएका थिए।

अहिले धेरै युरोपेली देशहरु कोरोनाको दोस्रो लहरसँग जुधिरहेका छन् । इटलीमा पनि आइतबारबाट केही नियन्त्रणहरु लागू गरिएको विविसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *