भक्तपुरमा धान सुकाउने ठाउँको अभाव

विशेष समाचार समाचार

भक्तपुर, १९ कार्तिक


नेपालीहरुको महान चाड दशैं र तिहारको विदाई गरी सन्दिा भक्तपुरमा अहिले धान भित्र्याउन भ्याई नभ्याई भएको छ । यतिबेला भक्तपुरका खेतहरु पहेलपुरै भएका छन् । जनशक्तिको अभावले धान काटन र भित्र्याउन किसानलाई समस्या परेको छ । जनशक्ति अभाव हुनुमा भक्तपुरमा जग्गा किनबेच धेरै हुनुले पनि प्रभाव पारेको छ । पैसा भएपछि मेला , नहिड्ने, काम नगर्ने बानीले खेताला अभाव हुन गएको किसानहरु बताउँछन् । खेतालाको अभाव भएपनि तराईबाट आएका जनशक्तिले धान काटिदिँदा धान भित्र्याउन किसानहरुले केही राहत महसुस गरेका छन् । तर भित्र्याएका धान सुकाउने ठाउँको अभाव हुँदा फेरि किसानहरु चिनितत देखिएका छन् ।२०७२ सालको विनाशकारी भूकम्पपछि धेरैका घरहरु भत्किएर आँगनहरु पुरिनाले धान सुकोने ठाउँको अभाव हुन गएको हो ।
भूकम्पपछि पुनर्निर्माण गर्दा धेरै जसोको आँगन नै मासेर घर बनाउनु परेकोले धान सुकाउने ठाउँको अभाव भएको किसानहरु बताउँछन् ।अझ भक्तपुर नगरपालिका क्षेत्रमा त धान सुकाउने ठाउँको अभावले गाडी गुडने सडकमा धान सुकाउन बाध्य भएको किसानहरु बताउँछन् । सडकमा धान सुकाउँदा धान छरिने समस्या त छँदै छ अर्काे तर्फ दुर्घटना हुने सम्भावना पनि त्यक्तिकै रहेको छ ।मानो रोपेर मुरी फलाउने किसानहरुलाई असारमा पानि नपरेर रोपाइँ नहोला भन्ने त्रास , असोजमा आँधी हुरी आएर धान ढल्ला भन्ने त्रास र कार्तिक मंसिरमा भित्र्याएका धानहरु सुकाउन नपाएर ढुसीले धान बिग्रिएला भन्ने त्रासले सताउने गरेको छ ।सम्बन्धित निकायले किसानको समस्या समाधान गर्न पहल गरिदिनु पर्ने देखिन्छ । यसपाली समयमै पानी परेकाले गत वर्षको भन्दा बढी धान उत्पादन भएकोले किसानहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *