पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७१ हजार  ३  सय ४३ संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १८ हजार ४ सय ७३  जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ३१ हजार ९ सय ५८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा छन्।  नेपालमा २६ हजार ६ सय ८४  जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १- ६२२१
प्रदेश २- १४८९१
बाग्मती प्रदेशमा – २५३०५
गण्डकी प्रदेशमा- ४००१
प्रदेश ५मा – १०२३८
कर्णाली प्रदेशमा – ३३२६
सुदूरपश्चिम प्रदेशमा- ७३६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *