देशभर २६,६८४ व्यक्ति होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।बिहिबार २६ हजार ६ सय ८४ जना संक्रिय संक्रमित मध्य १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार ८ सय २८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ८ सय २७, प्रदेश २ मा ४ सय ७५, प्रदेश ५ मा १ हजार ४ सय ४७, सुदूरपश्चिम प्रदेशमा ४ सय ७६, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा ३४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *