काठमाडौंमा ६ सहित १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ असाेज

नेपालमा एकै दिन १५ जना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

यसअघि मंगलबार नेपालमा ९ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *