२४ घन्टायता २३४० कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० असाेज

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  ६७ हजार  ५  सय ४२ संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ११ हजार ४७  जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ९९ हजार २ सय ७६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार २ सय २१ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २२ हजार ७ सय ९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ५८५५
प्रदेश २– १४८५१
बाग्मती प्रदेशमा –२२४२५
गण्डकी प्रदेशमा –३८६९
प्रदेश ५मा –९८६७
कर्णाली प्रदेशमा –३२६८
सुदूरपश्चिम प्रदेशमा ७२२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *