पछिल्लो २४ घण्टामा देशभर २४४० जनालाई कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९  हजार २६३  पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १३ हजार  ७८१   जनाको पिसिआर परिक्षणमा २४४०  जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार १३३  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *