पछिल्लो २४ घण्टामा थप ११३३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  ६५ हजार  २  सय २ संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ८८ हजार २ सय २९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ३३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २३ हजार ५ सय ७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ५८५५
प्रदेश २– १२४९२
बाग्मती प्रदेशमा –२१०००
गण्डकी प्रदेशमा –३६७८
प्रदेश ५मा –९६००
कर्णाली प्रदेशमा –३२२२
सुदूरपश्चिम प्रदेशमा ७२२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *