आइसियु र भेन्टिलेटरमा २६० संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६०
जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३४ जना भेन्टिलेटरमा र २२६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११२ जना आइसियु र  २७ जना भेन्टिलेटर, प्रदेश ५ मा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  २८ जना आइसियु र १ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १७ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ४ जना आइसियु गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *