११ हजार ६९ जना होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असाेज

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बिहीबार २१ हजार ८ सय ३० जना संक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ६ सय ४७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ६ सय, प्रदेश २ मा ५ सय ८३, प्रदेश ५मा १ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा १६१, गण्डकी प्रदेशमा ५३२ र कर्णाली प्रदेशमा २६५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *