Sunday, May 18, 2025

चीनको भावनामा कसैले चोट नपुर्‍याओस्

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, २१ माघ

आइतबारदेखि लागु हुने गरी संरा अमेरिकाले बितेका चौध दिनयता चीनको भ्रमण गरेका कोही पनि विदेशीलाई आफ्नो देश पस्न निषेध गरेको छ । यो विश्व स्वास्थ्य सङ्गठनको घोषणाविपरीत छ । विश्व स्वास्थ्य सङ्गठनको घोषणाबाट चीनमा भ्रमण वा व्यापार गर्न रोक लागेको छैन । यस्तो निर्णय गर्ने संरा अमेरिका पहिलो देश हो । यसले एउटा गलत दृष्टान्त स्थापित गरेको छ ।
नोभल कोरोनाभाइरस
(एनसीओभी– २०१९) का कारण विश्वमा फैलिएको भयका कारण चीनले कुनै पनि देशले चालेको प्रतिरक्षात्मक कदमको आलोचना गरेको छैन । त्यसको अर्थ चिनियाँ जनताले आफ्नै लेखाजोखा नगरेका भने होइनन् ।
कोरोना भाइरसको सङ्क्रमणविरुद्ध अहोरात्र लडिरहेका चिनियाँ स्वास्थ्यकर्मीलाई अहिलेसम्म संरा अमेरिकी सरकारले कुनै पनि खालको सहायता नदिएको हामीलाई राम्रो हेक्का छ । पाकिस्तानजस्ता अल्पविकसित देशहरूले समेत केही मास्क र अन्य प्रतिरक्षात्मक सामग्री दिएर चीनलाई सहयोग गरेका छन् ।
कोरोनाभाइरसविरुद्धको लडाइँमा चिनियाँ जनताको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीलाई संरा अमेरिकी विदेशसचिव माइक पम्पिओले बिहीबार ‘हाम्रो समयको सबभन्दा मुख्य चुनौती’ बताएका थिए । संरा अमेरिकी सिनेटर टम कटनले पनि यो सङ्कटलाई लिएर चीनविरुद्ध लगातार अतिरञ्जनापूर्ण दोषारोपण गरे ।
चीनभित्र पनि सुरुकै अवस्थामा यो भाइरसको प्रतिरोध गर्न नसकेको भन्दै आलोचना भएको छ । यो चिनियाँ समाजभित्र चलेको सामान्य छलफल हो । तर, विश्वस्तरमा यो संक्रमणविरुद्ध चीनको प्रतिक्रिया निकै सशक्त रह्यो । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको नेतृत्वमा व्यापक स्तरमा चिनियाँ समाजको परिचालन भएको छ । सामान्य समयमा अविश्वसनीय काम पनि यो क्रममा तीव्र गतिमा भएको छ । सम्पूर्ण चिनियाँ समाजले सहयोग गरिरहेको छ । महामारीको प्रतिकारमा बृहत् र व्यवस्थित अवस्था बनेको छ ।

पछिल्ला संरा अमेरिकी समाचारअनुसार सन् २०१९–२०२० को रुघाको मौसम दसककै सबभन्दा खराब रह्यो । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यो मौसममा १ करोड ९० लाख मानिस रुघाले प्रभावित बनेको र कम्तीमा दस हजारको निधन भएको बताएको छ । मर्नेमध्ये कम्तीमा ६८ जना बालबालिका थिए । साथै रुघाको कारण कम्तीमा १ लाख ८० हजार मानिस अस्पतालमा भर्ना भएको बताइएको छ । केही संरा अमेरिकी सञ्चारमाध्यमअनुसार वास्तवमा कोरोना भाइरसभन्दा रुघा अझ बढी खतरनाक छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनले देखाएको सक्रियताको प्रशंसा गरेको छ । अहिलेसम्म भाइरसको कारण चीनबाहिर फिलिपिन्समा एकजना मानिसको मात्र निधन भएको छ । यो सङ्कट प्रतिरोधको लागि चीनले गरेको अतुलनीय पहल र त्यागको लागि संरा अमेरिकाबाट हामीले केही कदरको अपेक्षा गर्नु यहाँनेर जायज छ ।
सन् २००९ मा एच १ एन १ रुघा भाइरसले संरा अमेरिकालगायत संसारलाई प्रभावित पारेको थियो । वस्तुतः संरा अमेरिका त्यो भाइरसको स्रोत थियो । संसारभर त्यो रोगले लगभग २ लाख ८४ हजार मानिस मार्‍यो । विश्व स्वास्थ्य सङ्गठनले त्यो रोगको महामारीलाई अन्तर्राष्ट्रिय स्तरको जनस्वास्थ्य सङ्कटकालीन अवस्था घोषणा गरेको थियो । तथापि संरा अमेरिकाले त्यो रोगको प्रभावकारी नियन्त्रण गर्न सकेन । फलतः त्यो रोग संसारभर फैलिएको थियो ।
पछिल्ला संरा अमेरिकी समाचारअनुसार सन् २०१९–२०२० को रुघाको मौसम दसककै सबभन्दा खराब रह्यो । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यो मौसममा १ करोड ९० लाख मानिस रुघाले प्रभावित बनेको र कम्तीमा दस हजारको निधन भएको बताएको छ । मर्नेमध्ये कम्तीमा ६८ जना बालबालिका थिए । साथै रुघाको कारण कम्तीमा १ लाख ८० हजार मानिस अस्पतालमा भर्ना भएको बताइएको छ । केही संरा अमेरिकी सञ्चारमाध्यमअनुसार वास्तवमा कोरोना भाइरसभन्दा रुघा अझ बढी खतरनाक छ ।
मानिसलाई नोभल कोरोनाभाइरसबाट हुने निमोनिया अझै पनि प्रारम्भिक अवस्थाकै भएको थाहा छ । जनताप्रति उच्च जिम्मेवारी भावनाका साथ चीन सरकारले यो रोग फैलिन नदिन अहोरात्र मिहेनत गरिरहेको छ । यसले सिङ्गो संसारको कल्याण गर्नेछ । चीनको मूलभूमिभन्दा बाहिर अहिलेसम्म एक सय जनामात्र सङ्क्रमित भएका छन् । संरा अमेरिकी राजनीतिज्ञहरूले यो सङ्क्रमणलाई चीनमाथि हमला गर्ने हतियार बनाउनुहुन्न । त्यसो गर्नु कुनै पनि सामाजिक नैतिकताले नदिने कुरा उनीहरूलाई थाहा हुनुपर्छ ।
नोभल कोरोनाभाइरसले निसन्देह चीनको अर्थतन्त्रलाई प्रभावित बनाएको छ । तर, संरा अमेरिकी वाणिज्यसचिव विलबर रोजले यो घातक भाइरसले संरा अमेरिकामा रोजगारी बढाउन मद्दत गर्ने कुरा बिहीबार बोलेका छन् । यो अर्को अनैतिकता हो । संसारकै सबभन्दा ठूलो महाशक्तिलाई आफ्नो उत्पादन उद्योग पुनःस्थापना गर्ने र आफूलाई पुनः महान बनाउने के योमात्र एउटै बाटो हो ?
महामारी एकदिन बिदा हुनेछ । सत्र वर्षअघि सार्सको महामारीले दुःख दिएको बेला धेरै मानिसले चीनविरुद्ध बोलेका थिए । तर, त्यसपछि के भयो ? जनस्वास्थ्य सङ्कटविरुद्ध लड्ने चीनको क्षमतालाई कसैले पनि न्यूनाङ्कन गर्न हुन्न । धेरै देशले गर्न नसक्ने तरिकाबाट चीनले आज धेरै काम गरिरहेको छ । त्यसरी नै यो सङ्कटपश्चात् चीन तुरुन्तै पुनःस्थापित हुनेछ । केही देशहरूको दृष्टि अल्प छ । चीन अल्पकालीन समस्यामा फसेको समयमा कसैले पनि चिनियाँ जनताको भावनालाई चोट पुर्‍याउने गल्ती नगरोस् ।
स्रोतः ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *