गाँउमा भएको विकासका बारेमा स्थानिय नै अन्यौलमा

रौतहट, १२ मंसिर स्थानिय तहले प्रत्येक चौमासिकमा सञ्चालन गरेका योजनाबारे अनिवार्य रूपमा स्थानीयलाई जानकारी गराउनु पर्छ । उनीहरुको सल्लाह,सुझाव र जनगुनासोका आधारमा भावी नीति तथा योजना सञ्चालन गर्नुपर्ने हुन्छ । तर रौतहटका अधिंकाश स्थानिय तहले सुशासनका मापदण्ड पूरा नगरेको पाईन्छ । १६ नगरपालिका र २ वटा गाँउपालिका गरी १८ वटा स्थानिय तह रहेको यस जिल्लामा […]

Continue Reading

गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउँदै सरकार

काठमाडौं, १२ मंसिर सरकारले गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउने भएको छ।मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए।‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने,‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी […]

Continue Reading

मनमोहनमै प्रधानमन्त्रीको डायलासिस गर्ने तयारी, कम्तीमा साता दिन अस्पतालमा बस्न सुझाव

काठमाडौं, ११ मंसिर मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि डायलासिस गर्ने तयारी गरिएको छ।महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार भर्ना भएका प्रधानमन्त्री ओलीको त्यहीँ डायलासिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।उनको स्वास्थ्य निकै सुधार भएको छ। प्रेसरको औषधी पनि कम गरिएको छ, स्रोतले भन्यो,‘अब […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पताल पुरानो व्यवस्थापन समितिद्वारा नियुक्त सबै पदाधिकारीहरु बदर

भक्तपुर, ११ मंसिर भक्तपुर जिल्लाअन्तर्गतको क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्ति गरेका नयाँ कामु प्रमुख कार्यकारी अधिकृत रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दीपेश ढकाल, कामु डेपुटि मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटि मेडिकल डाइरेक्टर डा. अजयकुमार झालाई बदर गरिएको छ । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदहरूमा गरिएको नियुक्ति निर्वाचन […]

Continue Reading

पानीपोखरी एकिकृत बस्तिको घडेरी सम्याउने काम पुरा

दोलखा, १० मंसिर पानीपोखरी एकिकृत बस्ती निर्माणकालागि घडेरी सम्याउने काम पूरा भएको छ । आम विनासकारी भुकम्पले ध्वस्त भएको साविकको सुस्पा क्षमावती गाविस वडा नम्बर एकको बोसिम्पा बस्ती तथा बुमा बस्तीका भुकम्प पिडीत हरुको लागि निर्माण गरिने बस्तिको घडेरी सम्याउने काम पूरा भएको हो एकीकृत बस्ती निर्माणका लागि पानीपोखरी स्थित भिरालो अवस्थामा रहेको सार्वजनिक जग्गामा […]

Continue Reading

धनगढीमा १३ करोडको खानेपानी योजना बन्दै

धनगढी, १० मंसिर धनगढी उप–महानगरपालिका–१२ जुगेडा डिगाउँमा झण्डै १३ करोड रुपैयाँको लागतमा बृहत खानेपानी योजना निर्माण गरिने भएको छ । आगामी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९९ लाख लागतको उक्त आयोजनाको शिल्यान्यास धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृर्पबहादुर वडले गरेका हुन् । नेपाल खानेपानी संस्थान धनगढी तथा धनगढी उप–महानगरपालिकाको पहलमा आयोजना निर्माण गरिन लागेको […]

Continue Reading

एउटै गाउँका ५० किसान लसुन खेतीमा

रुकुम, १० मंसिर मुसीकोट नगरपालिका १० का एउटै गाउँका ५० परिवार लसुन खेती सुरु गरेका छन् । वर्षौदेखि गहुँ लगाउँदै आएका किसानहरु ऋाफ्नो खेतबारीमा लसुन खेतीमा लागेका हुन् । कम लगानी, परिश्रमबाट राम्रो कमाई हुने भएपछि यहाँका किसाहरु व्यवसायी रुपैमा लसुन खेतीमा लागेका छन् । मुसीकोट नगरपालिका–१० खड्काटोलका झुपलाल खड्काले यसपटक लसुन लगाएका छन् । […]

Continue Reading

एक बर्षदेखी ठप्प भएका ३२ प्रकारका जडीबुटी भारत निर्यात हुने

नेपालगञ्ज, १० मंसिर नेपालबाट निर्यात हुने जडिबुटी भारतको सुचिमा नपर्दा नेपालगञ्जमै थन्किएका थिए । भारत सरकारले २०१९ अक्टोबर १ अर्थात असोज १४, २०७६ मा राजपत्रमा सुचना जारी गरी बिदेशबाट आयात गर्ने ३२ प्रकारका जडीबुटी नयाँ सुचना समेटिएपछि बाँकेबाट ती जडिबुटी निर्यात हुन थालेका हुन् नेपालका जडिबुटी व्यवसायीले माग गरेको ८६ प्रकारको जडिबुटी निकासीको पहल गरेपनि […]

Continue Reading

नयाँ वर्ष २०२० मा बञ्जिजम्प सञ्चालन शुरू हुने

पर्वत, १० मंसिर कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा–बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । नयाँ वर्षको उपहारको रुपमा बञ्जिजम्प सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकारले मनाउने तयारी गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई मध्यनजर गर्दै विश्वकै नमूना यो बञ्जिजम्प नयाँ वर्षमा औपचारिक रुपमा सञ्चालन […]

Continue Reading

१३ ‌औं सागमा उसुको तयारी , खेलाडीको खर्चमा पोसाक, पुरानो म्याटमा अभ्यास

काठमाडौं, १० मंसिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदकको आशा गरिएको थोरै खेल मध्येको एक उसुको तयारीमा राष्ट्रिय खेलकुद परिषद् उदासिन देखिएको छ।सागको बन्द प्रशिक्षण सुरू हुँदा सुहाउँदो प्रशिक्षणस्थल नपाएका उसुका खेलाडीहरू अहिले अभ्यास सामग्रीको समस्या भोगिरहेका छन्। मंगलबार लगनखेलस्थित नेपाली सेनाको कबर्डहल पुग्दा उसुको थाउलो विधा (कला प्रदर्शन) का खेलाडी पुरानो […]

Continue Reading