पानीपोखरी एकिकृत बस्तिको घडेरी सम्याउने काम पुरा

समाचार

दोलखा, १० मंसिर


पानीपोखरी एकिकृत बस्ती निर्माणकालागि घडेरी सम्याउने काम पूरा भएको छ । आम विनासकारी भुकम्पले ध्वस्त भएको साविकको सुस्पा क्षमावती गाविस वडा नम्बर एकको बोसिम्पा बस्ती तथा बुमा बस्तीका भुकम्प पिडीत हरुको लागि निर्माण गरिने बस्तिको घडेरी सम्याउने काम पूरा भएको हो
एकीकृत बस्ती निर्माणका लागि पानीपोखरी स्थित भिरालो अवस्थामा रहेको सार्वजनिक जग्गामा सडकको पहुँच पुग्ने गरी घडेरी तयार गरिएको छ । प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाई भवनका भिषण राईले भिरालो जग्गालाई बस्ती बसाउन योग्य हुने गरी सम्पन्न भएको बताए । उनका अनुसार करबाहेक झण्डै २ करोड ४५ लाखको लागतमा मेसिनरी पर्खाल सहितको संरचना तयार भइसकेको छ । थप पूर्वाधार निर्माणका लागि प्राधिकरणबाट थप ३ करोड ५० लाख बजेट विनियोजन भएको र सोही अनुसारको डीपीआर बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।
एकिकृत पानीपोखरी बस्तिमा ५७ वटा घरहरु निर्माण हुनेछन् । एउटै मोडालिटीका हुने घरहरु सकेसम्म पुरातत्वी झल्को आउने किसिमका हुने इन्जिनियर राईको भनाई छ । एकीकृत बस्ती निर्माणका लागि दुई वटा डिजाइन तयार भइसकेको छ । तर कुन डिजाइन प्रयोग गर्ने भन्नेबारे भीमेश्वर नगरपालिकासँग छलफलपछि निर्णय हुने छ ।
एकिकृत बस्तिको डीपीआर अनुसार बस्तीमा ऐतिहासिक पानीपोखरी, प्रवेशद्वार, प्राथमिक तहको विद्यालय र चिल्ड्रेन पार्क समेत निर्माण हुनेछ । बस्तीमा खानेपानी, विद्युत लगायतका अन्य कामका लागि मातहतका कार्यालयहरुसँग समन्वय भइरहेको प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान वितरण कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले जानकारी दिए । अर्यालले उक्त बस्तीमा निजी आवास निर्माण गर्ने धेरैजसो पीडितहरुले पहिलो किस्ता बापतको ५० हजार लगिसकेको र घर निर्माण सुरु भएपछि दोस्रो किस्ता बापतको रकम वितरण गरिने बताए ।
एकीकृत बस्ती भित्र सुरुमा ७८ लाभग्राही थिए । त्यसमध्ये कतिपयको मृत्यु भइसकेको छ । सदरमुकाममा जग्गा हुनेले उतै घर बनाए । तर अन्यत्र सर्न नसक्नेहरु ५७ लाभग्राही मात्र हाल रहेकाछन् । जिल्लाभर ८० प्रतिशत बढीले घर बनाएर पक्की घरमा सरीसक्दा पनि सरकारी निकाय बीचको समन्व अभाव र ढिला सुस्तीले यहाँका एउटा घर पनि बन्न भने सकेको छैन । स्थानीय भीमबहादुर थामीले जग्गा पाउने पक्का भएपछि नक्सा तयार भए सबैले ३ महिनाभित्रै घर बनाइसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *