गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउँदै सरकार

विशेष समाचार समाचार

काठमाडौं, १२ मंसिर

सरकारले गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउने भएको छ।मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए।‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने,‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ।यसअघि सरकारले गुठीसम्बन्धी छुट्टै विधेयक ल्याएको थियो।उक्त विधेयकको चौतर्फी विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *